चलिरहेको ट्रकमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर बजारस्थित ४ नम्बर गल्लिको फ्रीलाइनमा आगजनी भएको छ । पार्कदेखी आँखा अस्पताल जाने सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेको कोलदार डिस्ट्रीब्युटर ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।

चलिरहेको ट्रकमा आगो लागेपछी चालकले भागेर ज्यान जोगाएका छन् । हिजो बेलुका ८ बजेतिर लागेको आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ भने क्षतिको विवरण प्राप्त भएको छैन ।

आगो बिजुलीको तारमा सल्किएपछि अहिले महेन्द्रनगर बजार क्षेत्र बिद्धुत लाइन काटिएको थियो । भिमदत्त नगरपालिकामा रहेको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।-

https://ujyaalonepalnews.com/archives/21840

Previous articleअन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
Next articleराससको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार झा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।