बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–३ रजालीका कृषक राम बहादुर खड्काले जिल्लामै पहिलो पटक सिताके च्याउ उत्पादन गर्नुभएको छ।

कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैसीले बताउनुभएको छ । खड्काले करिब १ लाख पचास हजारको लगानीमा एक सय वटा काठको मुढामा सिताके च्याउको खेती गर्नुभएको जैसीले बताउनुभयो ।

खेती गरेको करिब ९ महिनापछि सिताके च्याउ फल्न सुरु भएको कृषक राम बहादुर खड्काले जानकारी दिनुभएको छ। अहिले खड्काको च्याउ बगानमा व्यापक मात्रामा सिताके च्याउ उत्पादन भएको छ ।

पौष्टिक तथा औषधीय महत्त्व धेरै भएकोले महँगो मूल्यमा बिक्री वितरण हुने ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभएको छ । यो च्याउ धेरै मीठो पनि हुने हुँदा उपभोक्ताहरूको धेरै रोजाइमा पर्ने गरेको रजालिका स्थानीय दलबहादुर खड्काले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/21921

Previous articleपोखराको नीति तथा कार्यक्रम : प्रत्येक वडामा एक उद्योगसम्म
Next articleन्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।