जीप दुर्घटना: मन्त्रीसहित पाँचजना घाइते 

बझाङ- बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते हुनुभएको छ ।
  प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह, चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारी र जयदेवी सिंह घाइते भएका छन् । मन्त्री सिंहसहित घाइते सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।

https://ujyaalonepalnews.com/archives/28432

Previous articleसंस्थागत घरबहाल कर  महानगरलाई उपलब्ध गराउन पत्राचार
Next articleप्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।