ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ: मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले पर्यटन, कृषि र जलविद्युतमार्फत देशको विकास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री रेग्मीले पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22263

Previous articleमहँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गरिने
Next articleअसार १५ को परम्परा मनाइयो दहीचिउरा खाएर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।