महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गरिने

काठमाडौँ । सरकारले महँगी नियन्त्रण गर्न देशव्यापी रुपमा बजार अनुगमन गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर देशव्यापी बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिने निर्णय गरिएको बताउनुभयो ।

मन्त्री बडूले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र सबै स्थानीय तहलाई पत्राचार गरिएको समेत जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/22261

Previous article‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’
Next articleग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ: मन्त्री रेग्मी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।