लुम्बिनीबाट हतियारसहित ३ जना पक्राउ

रुपन्देही-  रुपन्देही प्रहरीले आइतबार राति लुम्बिनी क्षेत्रबाट हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरिक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

युपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकल शंका लागेर अनुस्नधान गर्दै जाने क्रममा लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्दार्थनगर बस्ने ३४ बर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ बर्षीय अक्बर खान र ५५ बर्षीय  आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका मोटरसाइकल चालक मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा परी तीनै जना घाइते भएकोले उनीहरुलाई उपचारको मेडिकल कलेज भैरहवा पठाइएको पौडेलले बताउनुभयो । उनीहरुको बारेमा अनुसन्धान भइरहेको छ ।।

https://ujyaalonepalnews.com/archives/22459

Previous articleसुर्खेतमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती
Next articleराष्ट्रिय सभा बैठक : अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।