राष्ट्रिय सभा बैठक : अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड

file photo

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसदहरू अनिता देवकोटा, भैरवसुन्दास श्रेष्ठले हरेक वर्षको अन्तिम समयमा बजेट खर्च गर्ने परिपाटिले देशको विकासलाई सहयोग नपुग्ने भन्दै समयमै काम गर्ने तथा विनियोजित बजेट खर्च गर्न नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो ।  

यस्तै बैठकमा सांसदहरूले कृषकलाई पर्याप्त मल उपलब्ध गराउन, वर्षासँगै तराई क्षेत्रमा हुने डुबान र पहाडी क्षेत्रको बाढी पहिरोको कारण पुग्ने क्षति र नागरिकको जीवन सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ ।

https://ujyaalonepalnews.com/archives/22460

Previous articleलुम्बिनीबाट हतियारसहित ३ जना पक्राउ
Next articleबैङ्कमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।