आठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा

काठमाडौं- राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा-१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो ।

पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ ।

विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानूनी क्रियाकलपा गरेको पाइएकाले रु आठ करोड २३ लाख २६ हजार ८०६ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।-

https://ujyaalonepalnews.com/archives/22492

Previous articleकेन्द्रीय समितिको बैठकमा माओवादी नेताले भने: आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ
Next articleमुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।