दौडका क्रममा बेहोस भएका प्रहरी प्रशिक्षार्थी जवानको मृत्यु

दिपायल- दिपायलस्थित प्रहरी तालिम केन्द्रमा लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ ।

अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको हो। उनी असार २२ गते १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए ।

उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो। कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्युको कारण नखुलेको र पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/22680

Previous articleफोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने
Next articleबुढिगंगा मतगणना अपडेटः पाँचवटा वडामा एमाले र तीनवटामा काँग्रेस विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।