लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंमा, ओलीसँग बिहीबार भेट्ने

0
56

काठमाडौं, १५ माघ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका छन् ।

आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए । रासस

The post लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंमा, ओलीसँग बिहीबार भेट्ने appeared first on Koshi Online.

‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’

Previous articleखर्च जोगाउन बीबीसीले ४५० रोजगार कटौती गर्ने
Next articleजन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क