जबरर्जस्ती करणी गर्ने चालक पक्राउ

काठमाडौं- टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र जबरर्जस्ती करणी गरेको खुल्न आएको जानकारी दिनुभयो ।

दोलखाबाट काठमाडौँ आएको उक्त टिपरले गौशालाबाट ती महिलालाई टिपरमा हालेर थानकोट ल्याएका थिए । थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेतृत्वमा खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/22812

Previous articleक्षमता घटाएर मध्य त्रिशूली गंगा जलविद्युत आयोजना सुरु
Next articleकृषि विकास बैङ्कद्वारा पार्क बनाउन सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।