कृषि विकास बैङ्कद्वारा पार्क बनाउन सहयोग

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैङ्कले सहयोग गरेको छ । बैङ्कले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो ।

बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैङ्कको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।

https://ujyaalonepalnews.com/archives/22813

Previous articleजबरर्जस्ती करणी गर्ने चालक पक्राउ
Next articleउत्पादन घट्ने चिन्तामा किसान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।