रत्ननगरमा गैंडाको आक्रमणमा परि एकजना घाईते

चितवन । रत्ननगर नगरपालिका वडा नं. ८ मा गैंडाको आक्रमणमा परि एक जना घाईते भएका छन् । घाईते हुनेमा सोही स्थानमा बस्ने ३१ वर्षिया कुन्दन लामा रहेको प्रहरीले जनाएको छ ।

आज (मंगलबार) बिहान १०ः०० बजेको समयमा घर नजिकै रहेको बागमारा सामुदायिक वनमा न्युरो टिप्न गएका लामालाई गैंडाले अचानक आक्रमण गर्दा उनि घाईते भएका थिए । अनुहार र छातिमा चोट लागि घाईते भएका लामाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको र अहिले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/23434

Previous articleरत्ननगरमा के कति निर्माण ठेक्का संचालनमा छन् अभिलेख नै छैन: महालेखा
Next articleरुष्मा हत्याकाण्डको नालीबेली: डिभोर्सको अघिल्लो रात अंश विवादले गयो श्रीमान–श्रीमतीको प्राण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।