रत्ननगरमा के कति निर्माण ठेक्का संचालनमा छन् अभिलेख नै छैन: महालेखा

निराजन घिमिरे, साउन १०- चितवनको रत्ननगर नगरपालिकाले विगत वर्ष देखि संचालन गरिरहेका क्रमागत ठेक्का तथा चालु आर्थिक वर्षमा संचालनमा आई निर्माणको चरणमा रहेका साथै सम्पन्न भएको कुनै पनि ठेक्काको विवरण अध्यावधिक गरि नराखेको पाईएको छ।

यसबाट पालिकामा के कति ठेक्का संचालनमा छन्, के कति कार्य सम्पन्न हुन नसकेर अधुरा रहेका छन्, समस्याग्रस्त ठेक्का कति छन् भन्ने कुराको कुनै जानकारी पाउन नसकिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । भर्खरै मात्र सार्वजनिक भएको आर्थिक वर्ष २०७७/७८ को  महालेखाको प्रतिवेदनमा पालिकाले ठेक्का फाईल तथा लेजर नराखेको पाईएको हो ।

निर्माण कार्यको भुक्तानी गर्दा निर्माण सम्पन्न भएको निर्माण कार्यको विवरण नापी किताबमा लेखि नापीका आधारमा तयुआर भएको ठेक्का बिल अनुसार भुक्तानी गरि ठेक्का फाईलमा समेत अभिलेखीकरण गरि राख्नुपर्नेमा सो समेत नराखेको पाईएको छ ।

रनिंग बिल भुक्तानी भौचारका साथ संलग्न गर्ने तर नापी किताब अध्यावधिक नरहने अवस्थाले कार्यको परिणाम दोहोरो हुनेगरी भुक्तानी हुने साथै निर्माण कार्य सम्पन्न नै नभई फरफारक गराउने अवस्था रहेको महालेखाको प्रतिवेदनमा औलाईएको छ ।

 

https://ujyaalonepalnews.com/archives/23432

Previous articleजायजेथा भाग लगाएर सम्बन्धविच्छेद गर्ने प्रक्रियामा थिए आचार्य दम्पती
Next articleरत्ननगरमा गैंडाको आक्रमणमा परि एकजना घाईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।