चितवनमा बस दुर्घटना, चिनियाँ पर्यटकसहित चौबीस घाइते

चितवनमा पर्यटक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

भरतपुर १ मा शुक्रबार बिहान सवा ११ बजे भएको दुर्घटनामा २१ जना चिनियाँ पर्यटक घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट चितवन जाँदै गरेको पर्यटक बस ट्रकमा ठोक्किएर घरमा धस्सिन पुगेको थियो।

घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दियो।

खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने

Previous articleप्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
Next articleमनमोहन स्मृति कपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।