चितवन, भदौ १० । खोलामा माछा मारेर जीवन निर्वाह गर्दै आएका रत्ननगर ७ मा रहेको मुसहरहरुलाई ‘सपनाका घरहरु’ पक्कि घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । तराई मधेश समृद्धि कार्यक्रमको ४० प्रतिशत र सौराहामा रहेको सपना भिलेज सोसल ईम्प्याक्टको ६० प्रतिशत लगानीमा विपन्न मुसहर समुदायलाई २३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

२३ घर परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेसंगै घर पाउने विपन्न मुसहर परिवार खुसी भएकाछन् । तराई मधेश समृद्धि कार्यक्रमको रु ३२ लाख ८ हजार ५ सय २९ रुपैँया, सपना भिलेजको रु ६९ लाख ४१ हजार ३ सय ८५ रुपैँया गरी रु १ करोड १ लाख ४९ हजार ९ सय १४ रुपैँयामा २३ वटा घर निर्माण गरिएको सपना भिलेज सोसल ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले जानकारी दिए । घर निर्माण सम्पन्न भएसंगै रु ४ लाख ७८ हजार ६ सय ९४ रुपैँया रकम बचत भएको समेत उनले बताए ।

घर हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले सफा, सुन्दर र नचुहीने घर पाएपछि घर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘घर पाएसंगै अफ्ना छोराछोरीलाई उचित शिक्षा दिनुपर्छ त्यो दायित्व अभिभावकको हो ।’
मुसहर समुदायका व्यक्तिहरुलाई आजैबाट जाड रक्सि त्यागी असल अभिभावक बन्न उनले सुझाव दिए । जाड रक्सि खाएर हो–हल्ला गर्ने, आफ्ना श्रीमती कुट्ने कार्य गरेको देखेमा, पाईएमा त्यस्ता व्यक्तिलाई कानुन अनुसार कारबाही गर्ने उनले बताए । मुसहर समुदायका दिदी बहिनीहरु तरकारी खेती गरेर आम्दानी गरिरहेकाले आगामी दिनहरुमा पनि यस्ता आयआर्जनमा लाग्नुपर्ने उनले बताए ।

घर हस्तान्तर कार्यक्रममा रत्ननगर नगरपालिकाका निर्बतमान मेयर नारायण वन, वडा नं. ७ का वडा सदस्य सूर्य वहादुर तामाङ, वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष राजन भट्ट, मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दुर्गा प्रसाद शर्मा, सपना भिलेज सोसल ईम्प्याक्टका सञ्चालक समितिका सदस्य सजनराम भण्डारी, बाघमारा सामुदायिक बनका अध्यक्ष जितु तामाङ, रेवान सौराहाका अध्यक्ष नरेश गिरि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/24055


