अज्ञात व्यक्तिले विषादी छर्कंदां चितवन रत्ननगरमा ५० घार मौरी मरे

निराजन घिमिरे, भदौ १०,चितवन- विषादीका कारण कालिका नगरपालिका ९ शक्तिखोरका मौरीपालक कृषक प्रभा केसीको ५२ घार मौरी मरेका छन् । मौरी चराउनको लागी छिमेकी नगर रत्ननगरको वडा नं. १४ पिठुवामा लगेको बेला घटना भएको हो । पिठुवाको बुद्धचोक नजिकै राखिएका ५७ घार मौरी मध्ये ५२ घार मौरीमा गएराती अज्ञात समूहले रासायनिक विषादी छर्कंदा  मौरी मरेको हो ।

मौरी नष्ट हुँदा झन्डै ६ लाख बराबरको क्षति भएको कृषक केसीका श्रीमान् रणबहादुर थापाले जानकारी दिए । अज्ञात समूहले विषादी हालेका कारण उत्पादन दिने बेला भएका लाखौँ मूल्य बराबरका मौरी नष्ट भएको मौरीपालक संघ कालिकाका अध्यक्ष तेजप्रसाद लामिछानेले बताए । घटनामा संलग्न व्यक्तिको खोजी कार्य गरि कारबाही गर्न र कृषकलाई उचित क्षतिपुर्तिको लागी उनले प्रशासन संग आग्रह गरे ।

कृषक प्रभा केसी

हिजो भदौ ९ गते राती घटना भएपछि घटनाको विषयमा बुझ्न सरोकारवाला पक्षले घटनास्थलको अनुगमन गरेका छन् । केशीले विगत लामो समय देखि थापा पशुपंक्षी तथा मौरी फर्म संचालन गरि मौरीपालन व्यवसाय गर्दै आएकी छन् । वर्षातको समयमा ‘चरन क्षेत्रको अभाव भएसंगै उनले झन्डै २ महिना अगाडी मौरीको घार पिठुवामा लगेकी थिईन् ।

अब उत्पादन सुरु हुने सिजनमा मौरी मासिए पछी आफूमाथि ठुलो बज्रपात परेको केसीका श्रीमान् रणबहादुर थापाले बताए । वर्षातमा चिनिपानी खुवाएर राखेको मौरी बाट आफुले यो सिजनमा झन्डै १५ लाख बराबरको उत्पादन अपेक्षा राखेको उनको भनाई छ । मौरी चरनको लागी दाङ, बाके, बर्दीया लैजादा यस्तो घटना नघटेको तर आफ्नै छिमेकी नगरमा ल्याउँदा यस्तो घटना भएकोमा उनि दुखि छन ।

विषादीका कारण मरेका मौरी

नेपाल मौरी पालक महासंघ अध्यक्ष शिव प्रसाद शर्मा पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गरे । लामिछानेले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरेकाछन् । चितवनमा हाल ५० घारभन्दा बढी मौरी पाल्ने झन्डै ४०० कृषक छन् । यो घटना बाहिर आएसँगै मौरीपालक कृषक थप चिन्तित बनेका छन् ।

https://ujyaalonepalnews.com/archives/24048

Previous articleभण्डारामा रेवा इन्टरनेशनल एकेडेमीको शाखा सञ्चालन
Next articleसौराहाको मुसहर बस्तीमा बन्यो सपनाको घर, मन्त्री खनालले गरे हस्तानान्तरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।