अन्ततः प्रकाशित भयो कक्षा १२ को बहुप्रतिक्षित नतिजा, यसरी हेर्नुहोस्

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। प्रकाशित हुने भनेर पटक पटक सारिएको नतिजा अन्ततः शुक्रवार प्रकाशित भएको हो। बोर्डले गत जेठ १५ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट चार लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । नतिजा सार्वजनिक भइसके पनि केही समय पछि मात्रै हेर्न पाउने बताइएको छ।

कसरी हेर्ने नतिजा?

कक्षा १२ को नतिजा हेर्नका लागि विभिन्न तरिकाहरू छन्। तपाईँ यी मध्ये कुनै एक तरिका अपनाउन सक्नुहुन्छ।

१.https://neb.ntc.net.np वेबपेजमा जाने

आफ्नो सिम्बोल नम्बर र जन्ममिति राख्ने र नतिजा खोज्ने

२.एसएमएस बाट हेर्नका लागि

NEB टाइप गरेर एक स्पेस दिने त्यसपछि सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउने

३.आइभिआर बाट हेर्न (ल्यान्ड लाइन र मोबाइल फोन बाट)

१६०१ डायल गर्ने र दिइएको निर्देशन पालना गर्ने

https://ujyaalonepalnews.com/archives/24137

Previous article१४ वर्षिया किशोरीको अन्तिम पत्र: ‘ममी मैले गल्ती गरेँ, मलाई माफ गरिदिनू’
Next articleCorrections Policy
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।