१४ वर्षिया किशोरीको अन्तिम पत्र: ‘ममी मैले गल्ती गरेँ, मलाई माफ गरिदिनू’

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा निर्माणाधीन साढे ६ तले घरबाट हामफालेर किशोरकिशोरीको बुधबार साँझ मृत्यु भयो। प्रहरीका अनुसार उक्त निर्माणाधीन घरको छैँटाैँ तलामा रहेका ती किशोरकिशोरीको खसेर ज्यान गु’मेको हो। उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपि दिनेश राज मैनालीले बताएका छन्। उनीहरू दुवैजना मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए।

भारतको बिहार स्थायी घर भइ काठमाडौंको पेप्सीकोलामा बस्दै आएका १४ वर्षीय किशोर र काठमाडौँकै घट्टेकुलो बस्दै आएकी १४ वर्षीया किशोरीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। बुधबार उनीहरू दुवैजना विद्यालय पोशाकमा स्कुल गएका थिए। विद्यालय पोशाकमै उनीहरूले निर्माणाधिन घरबाट हामफालेर आ’त्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्।

प्रहरीले मृत किशोरीको ‘स्कुल ‘ब्याग’मा ‘सु’साइड नोट’ भेटिएको बताएको छ। अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘किशोरीको ब्यागमा सु’साइड नोट भेटिएको छ। सु’साइड नोटमा ममी मैले गल्ती गरेँ मलाई माफ गरिदिनु लगायतका कुराहरू लेखिएको छ।’ यद्यपि घटना र सुसा’इड नोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू दुईजना प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रेम सम्बन्धमा रहेकै कारण उनीहरूबीच विवाद हुँदा आ’त्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको ती अधिकारीले बताएका छन्। प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरिरहेको र घटनाको प्राविधिक पाटोबाट समेत अनुसन्धान भइरहेको परिसरका एसपी मैनालीले बताएका छन्। मैनालीका अनुसार उनीहरू विद्यालय पोशाकमै कसरी त्यहाँसम्म पुगे? कसरी आ’त्महत्याको बाटो रोजे लगायतका कुराहरूबारे भने अनुसन्धान भइरहेको छ।

https://ujyaalonepalnews.com/archives/24134

Previous articleएस क्यू सी चितवन हबको सातौं हब कन्भेन्सन सम्पन्न
Next articleअन्ततः प्रकाशित भयो कक्षा १२ को बहुप्रतिक्षित नतिजा, यसरी हेर्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।