सपनामा आएर दुःख दिने गरेको विषयमा विवाद हुँदा एकै परिवारका ३ जनाको ह’त्या

१७ भदौ, उदयपुर । उदयपुरमा भएको एकैपरिवारको तीनजनाको ह/त्या पछाडि सामान्य वि/वाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले ह/त्याको कारण सामान्य वि’वाद देखिएको बताएको हो । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृ’त अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बो’क्सी लागेको हुनसक्ने बताएपछि वि’वाद भएको देखिन्छ ।’ प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बो’क्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै ह’प्काएका थिए ।

‘मलाई पुलिसलाई भन्दिन्छु, मु’द्दा लाइदिन्छु भन्दै थ’र्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस का’ट्न लिएर गएको खुकुरीले हानेँ ।’ उनीहरुबीच अरु कुनै रि’सिइबी पनि थियो कि भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घट’नाको कारण यही देखिएको छ । प्रहरीका अनुसार उनले जंगलबाट घाँस का’ट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेऊ थिइन् । श्रीमान्को ह’त्यापछि उनले श्रीमती सरितालाई पनि ह’त्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्र’हार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तीनैजनाको श’व हेर्दा धेरै पटक खुकुरी हा’निएको देखिएको प्रहरी बताउँछ । शवलाई पोष्टमा’र्टमका लागि पठाउने तयारी छ । विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/24163

Previous articleसाउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न थप कर्मचारी खटाइने
Next articleखान र लान पल्केका अवसरवादीहरुलाई भोट नहाल्नुस् : ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।