एड्वान् को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा

नेपाल दलित महिला उत्थान संघ ९एड्वान्० को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज चितवन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले बिन्दु परियार थापा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएका छन् ि२३औँ साधारण सभाले परियारको अधयक्षतामा तिर्थ विक उपाध्यक्षमा,पम्फा थापा परियार महासचिव,पम्फा नेपाली सचिव तथा कोषाध्यक्षमा सपना सुनार लाई सर्वसहमत चयन गरेको हो । यस्तै सदस्यहरुमा राममाया विक र सपना परियार रहेका छन् ।

संघका अध्यक्ष पम्फा परियारज्यूको अध्यक्षतामा एवं नीति अनुगमन समितिको सभापति तथा एकिकृत समाजवादी पोलिटब्युरो सदस्य तथा एड्वान सल्लाहकार निरु जैरुज्यूको प्रमुख आतिथ्यता र सस्थापक अध्यक्ष तथा सरक्षक डा।विष्णु माया परियारज्यूको विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो ।

२३औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख आतिथि निरु जैरुज्यूले नेपाल दलित महिलाको लागि एड्वान् सस्था गर्व को कुरा रहेको बताउनु भएको थियो । दलित महिला र पुरुष बिच पनि पनि बाराबार भएको हुदा यो कुराको पनि अन्त्य गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै विशिष्ठय अतिथि डा।विष्णु माया परियारज्यूले अहिले को महिला समुहलाई देख्दा बुवा र आफ्नो सपना पुरा भएको महसुस भएको बताउनु भयो िसाथै आफुले सस्था स्थापना गर्दाको दुख र समस्याको बारेमा पनि बताउनु भएको थियो
ि
कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य राजेन्द्र हमाल एड्वान सल्लाहाकार राम नेपाली , महिला समूह बाट सिता सुनार , स्पोन्सरशिप बिधार्थी सुनिता परियार लगाएतए आफ्नो मन्तव्य राखेका थिए ।संघका सचिव तिर्थ विकले स्वागत मन्तव्य राख्नु भएको थियो
ि
नेपाल दलित महिला उत्थान संघ ९एड्वान्०ले नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका दलित तथा गैर दलित महिलाहरुलाई सामुहिक रुपमा एकिकृत गराउदै आएको छ िसाथै मौसमी तथा बेमौसमी तरकारी खेति , उधमशिलता क्षमता विकास,लौगिक समानताका कार्यक्रम , नया महिला समूह गठन , सिलाई कटाई तालिमहरु प्रदान गर्दै आएको छ!

https://ujyaalonepalnews.com/archives/24232

Previous articleएकदिवसीय सिरिजमा नेपालको ‘क्लिनस्विप’
Next article‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।