एकदिवसीय सिरिजमा नेपालको ‘क्लिनस्विप’

काठमाडौं । केन्याविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालले क्लिनस्विप गरेको छ ।

नैरोबी जिमखाना मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गर्दै सिरिज ह्वाइटवास गरेको हो ।

२५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि तीनजना खेलाडीले अर्धसतक बनाए । अर्जुन साउदले ५८ तथा बसिर अहमद र आसिफ शेखले ५६-५६ रन बनाए ।

यसैगरी रोहित पौडेलले ४२ र ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान गरे । केन्याका लागि भिराज पटेलले २ र शेम न्गोचेले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । कोलिन्स ओबुयाले ८४ र लुकसले ५९ रन बनाए । नेपालका लागि मोहम्मद आदिलले ३ र सोमपाल कामीले २ विकेट लिए । यसबाहेक शाहाब आलम, बसिर अहमदले १–१ विकेट लिए ।

एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले पराजित गरेको थियो । यसअघि नेपालले टि ट्वान्टी सिरिज पनि जितेको थियो ।

 

https://ujyaalonepalnews.com/archives/24229

Previous articleचौतर्फी दबाबपछि सुरक्षागार्डलाई जेलमै सडाउने मन्त्रीको योजना तुहियो, साधारण तारेखमा रिहा
Next articleएड्वान् को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।