कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का दीपक राना र मन्त्रा रानाले परिवारको सहमतिमा जीवन सँगै बिताउने कसम खाए। दुवै परिवारका सदस्य भेला भए र मगनी सम्पन्न गरे। परिवारका सदस्य विवाहको तयारीमा थिए। दीपक र मन्त्रा दिनहुँ भेट्न थाले। सँगसँगै हिँड्न थाले। सँगै सपना बुन्न थाले। तर, उनीहरूको सपनामा बज्रपात भयो। अचानक आएको वर्षासँगैको चट्याङ लागेर दुवैको ज्यान गयो।
घटना गत आईतबारको हो ‘दुवैजना खोलामा माछा मार्न गएका रहेछन्। एक्कासि आएको चट्याङ लागेर दुवै लडेछन्,’ कृष्णपुर नगरकी उपप्रमुख द्रोपती रानाले भनिन्, ‘अस्पताल पुर्याउँदा दुवैको ज्यान गइसकेको रहेछ।’ नयाँ सम्बन्ध जोडिने खुसीमा रहेको राना परिवारका लागि यो घटना अकल्पनीय भइदियो। दुवै परिवार शोकमा डुबेको छ। परिवार मात्र होइन, छरछिमेकसमेत शोकमा परेका छन्।
७० वर्ष पुग्न लागेकी वृद्ध महिला ला’गुऔषध मुद्धामा पक्राउ

जाजरकोटबाट प्रहरीले ६७ वर्षीया महिलालाई पक्राउ गरेर हतकडी लगाएको फोटोबारे सामाजिक संजालमा आलोचना भइरहेको छ । प्रहरीले ती वृद्धालाई पछाडि हतकडी लगाएर जघन्य अप’राधी जस्तो गरेर सार्वजनिक गरेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरूले आलोचना गरेका हुन् । पक्राउ परेकी वृद्धा हुन्, जाजरकोटको नलगाड नगरपालिका–९ कैना बस्ने ओम कुमारी थापा ।
लागु-औषध चरेस कारोबार मुद्दामा ओम कुमारी फरार रहेको देखिएपछि पक्राउ गरिएको जाजरकोटका डिएसपी सन्तोष निरौलाले बताए । उनले भने, ‘फैसला कार्यान्वयनको सिलसिलामा उहाँलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएका हौं ।’जिल्ला अदालत जाजरकोटको आदेशले उनलाई थुनामा पठाइएको छ । डिएसपी निरौलाका अनुसार बाँके जिल्ला अदालतले चरेस कारोबार गरेको कसुरमा ओम कुमारी विरुद्ध २०७१ मा १३ महिना कैद सजाय हुने फैसला गरेको थियो । अदालतको आदेशले अहिले उनलाई सुर्खेत कारागारमा थुनामा राखिएको छ ।
जाजरकोटमा महिला थुनामा राख्ने ब्लक नभएको हुनाले अदालतको आदेशपछि सुर्खेत चलान गरिएको डिएसपी निरौलाले बताए । उनले भने–‘हामिीले फैसला कार्यान्वयन अन्तर्गत काम गरेका हौं ।’
https://ujyaalonepalnews.com/archives/24270


