Home Uncategorized मलेशियामा ह’त्या अभियोगमा मृत्यु-दण्ड पाएका सुरजको ज्यान जोगियो

मलेशियामा ह’त्या अभियोगमा मृत्यु-दण्ड पाएका सुरजको ज्यान जोगियो

काठमाण्डौ – मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्यु-दण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुगेका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्यु-दण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम गरिदिएको हो । मलेसियामा रोजगारी गरिरहेका सुरज सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए ।

गएको अगस्टमा उहाँलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ अनुसार मृत्यु-दण्डको सजाय तोकिएको दूतावासले जनाएको छ । तर अदालतको फैसला र मृत्यु-दण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार(८ सेप्टेम्बर २०३३) मृत्यु-दण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको हो । पुनरावेदन अदालतको यो फैसलापछि अब सुरज देव साह बाँकी सजाय सकिएपछि नेपाल फर्कने दूतावासले जनाएको छ ।

सन् २०१६ मा लोरी चलाउने एक स्थानीय नागरिकको ह’त्या गरेको ठहर गर्दै उनलाई उच्च अदालतले मृत्यु-दण्डको फैसला गरेको थियो । ३६ बर्षिय सुरज देव साह तेलीलाई सो घटनामा दोषि ठहर्याउँदै मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत उच्च अदालतका न्यायाधिश मोहम्मद राजिद हारुनले मृत्यु-दण्डको फैसला गरेका थिए ।

सुरज मलेशियाको एउटा पाम तेल बगानमा काम गर्थे । तेलीले एक ३४ बर्षिय स्थानीय मलेसियन व्यक्तिलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ह’त्या गरेको प्रहरीको अभियोग थियो ।

https://ujyaalonepalnews.com/archives/24274

Previous articleबिहे गर्न टिकाटालो गरेका एक जोडीको बिहे गरेर घरजम गर्ने सपना दैवले चुड्यो
Next articleराप्रपा नेता हरि प्रसाद अधिकारी प्रदेशमा उमेदवार सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।