योंग स्पोर्ट्स क्लब रत्ननगरको भवन उद्घाटन

उज्यालो नेपाल, असोज १- रत्ननगरको वडा नं. १६ मा रहेको योंग स्पोर्ट्स क्लबको भवन उद्घाटन गरिएको छ । सांसद विकास कोष, वडा कार्यालय र विभिन्न व्यक्ति तथा सघसंस्थाको सहयोगमा रत्ननगर १६ को मिलिजुली टोलमा निर्मित  भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले समाजमा हुने विकृति विसंगती न्यूनीकरण गर्नको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । त्यस्तै विशिस्ट अतिथि वडाध्यक्ष हेमराज थापाले परिवर्तनको संवाहकको रुपमा रहेका युवापुस्ता संग काँधमा काँध मिलाएर जनताको सेवा गर्न आफु सधैँ तयार रहेको बताए ।

कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, रिता बिक, सरिता गुरुङ सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरी पनेरु, पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष बद्रि अर्याल, एकिकृत बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद अर्याल, भद्रकाली युवा क्लबका अध्यक्ष निराजन घिमिरे, मेलमिलापकर्ता रामचन्द्र दुवाडी, काँगेस नेता जयन्द्र कुमार श्रेष्ठ, एमाले वडा सचिव गोकर्ण श्रेष्ठ, माओवादी केन्द्र वडा कमिटि अध्यक्ष राम प्रसाद रिमाल, कांग्रेस वडा सभापती देव बहादुर राना लगायतको आतिथ्यता रहेको थियो ।

उक्त भवन निर्माणको लागी प्रदेश संसद कृष्ण खनालले सांसद विकास कोषबाट १५ लाख, वडा कार्यालय बाट १ लाख कांग्रेस नेता राजेन्द्र बुर्लाकोटी बाट ३ लाख र अन्य विभिन्न व्यक्ति तथा संघसंस्था बाट सहयोग प्राप्त भएको थियो । २ कोठे भवन निर्माणको लागी झन्डै २५ लाख खर्च भएको कार्यक्रमका सभापती, वडा सदस्य तथा क्लबका अध्यक्ष ज्ञानेन्द्र रेग्मीले जानकारी दिए । कार्यक्रम क्लबका सचिव कर्ण सारुले संचालन गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/24405

Previous articleधर्मका नाममा ढुंगा पूज्दै हिँड्ने कुरा विज्ञानसम्मत छैनः अध्यक्ष दाहाल
Next articleचितवनमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने मानिस पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।