दु:खद घटना: बस दुर्घटना हुँदा १४ जनाको ज्यान गयो ३६ घाईते

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

यो पनि पढ्नुहोस्: देशभर बाढीको बितण्डा: दाङमा एक जनाको मृत्यु

दाङ । अविरल वर्षापछि आएकाे बाढीले बगाउँदा एकजनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका- १५ का ४८ वर्षीय मदन डाँगीलाई सोही ठाउँको त्रिवेणी खोलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी विरबहादुर वलीले जानकारी दिए । उनका अनुसार बुधबार राति १० बजे छोरा लिन ससुराली जानेक्रममा डाँगीलाई खोलाले बगाएको हो ।

त्यसैगरी तुलसीपुर-घोराही सडकखण्डमा पर्ने गुर्जेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका- १० का ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको एसपी वलीले जानकारी दिए । उनका अनुसार चौधरीलाई बिहिबार दिउँसो १२:२५ बजे खोलाले बगाएको छ । उनको उद्दारका लागि प्रहरी परिचान गरिएपनि अहिलेसम्म फेला परेका छैनन् ।

 

https://ujyaalonepalnews.com/archives/24556

Previous articleवकिलले समेत भेट्न नपाएपछी सन्दिपले भने मेरो विरुद्ध सिंगो राज्यशक्ति लाग्यो
Next articleपानीले गुडिरहेको मोटरसाईकल पल्टँदा सडकको भेलले बगाएर एकको मृत्यु एक बेपता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।