पानीले गुडिरहेको मोटरसाईकल पल्टँदा सडकको भेलले बगाएर एकको मृत्यु एक बेपता

0
40

नुवाकोट — ककनी गाउँपालिका २ सिमटार सडकको भेलले बगाउँदा बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् । ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले नालीमा पुर्‍याएको थियो ।

छोरी बेबिसा बगेको ठाउँबाट २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपछि उपचारका लागि ग्रिनसिटी अस्पताल काठमाडौंमा लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । श्रेयान घिमिरे हालसम्म बेपत्ता रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सिमटारबाट बेरुवातर्फ जाँदै गरेको बा ८० प ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको ठूलो भेलले उनीहरुलाई दुवैलाई बगाएको थियो ।

यो पनि पढ्नुहोस्: डुबानले बाँकेमा २ सय ५० भन्दा बढी विस्थापित

नेपालगन्ज — बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका- १ को चौफेरि बस्तीका २ सय ५० भन्दा बढी बासिन्दा डुवानमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरि गाउँका कम्तीमा ८० घर परिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रय स्थलमा राखेको जानकारी दिए ।

राप्ती नदी र डुडुवा नालाको बीचमापर्ने चौफेरि गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो । ढुवान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । कच्ची घरहरु भत्कन थालेका छन् । बिस्थापितहरु गाँस बासको समस्यामा छन् ।

यसै क्रममा बाँकेको नरैनापुरका विभिन्न क्षेत्र पनि जलमग्न भएका छन् । नरैनापुरको बनिया गाँउ, घोडदौरिया, जमुनहा, र दोधदरा बस्ती जलमग्न भएको प्रहरीले जनाएको छ । घोडदौरीया गाउँका १० वटा घर भत्केका छन् । घर भित्र बस्न नसक्ने भएपछि प्रभावित बासिन्दाले सरसामान सार्न थालेका छन । कतिपय पाल टाँगेर बसेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/24566

Previous articleचितवनमा दुर्घटना: मोटरसाइकल पल्टेर लडेका व्यक्तिलाई ट्रकले किच्यो
Next articleघनश्याम भुसालले त्यागे एमाले