उज्यालो नेपाल- मैले आफ्नाे बालककाल देखि युवाकालीन जिन्दगीकाे ठुलाे समय गरिव र गरिबीका विरुद्धमा अनेक प्रकारका आन्दोलनमा ईमानदारीका साथ लागेँ । देश र जनताको हित कसरी हुन्छ भन्नेमा नै मेराे जिवनकाे महत्त्वपूर्ण समय खर्च गरेकाे हुँ । अहिले मेराे काँधमा चितवनको क्षेत्र नम्बर १ काे २ अर्थात “ख” बाट आगामी मङ्सिर ४ गते हुनगएको निर्वाचनमा प्रदेशसभा सदस्यकाे लागि प्रतिस्पर्धामा उभिने अवसर मिलेकाे छ । यसका लागि सर्वप्रथम नेकपा एमाले सम्वद्ध सबै निकायलाई धन्यवाद दिन चाहन्छु । ” प्रकाश खनाल ” शैलेश”ले चितवनकाे क्षेत्र नम्बर १ काे २( ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि सन्चारकर्मीकाे जिज्ञासामा भने ।
बालक काल देखि नै देशमा परिवर्तन आवस्यक छ भन्ने नाराकाे पछि आफ्नाे समय खर्चेका प्रकाश दस वर्षे युद्ध कालिन अवस्थामा समेत आफ्नो ईमानदारीता प्रदर्शन गरि सकेका पात्र हुन् । नेकपा कालिन अवस्थामा नेकपा चितवनकाे सचिवकाे जिम्मेवारी समालेका खनाल नेकपा बिभाजन पछि नेकपा कै निरन्तरता भन्दै बादल, टाेपबहादुरहरु सँगै नेकपा एमालेमा निरन्तरता दिदै हाल नेकपा एमाले चितवनको सचिवकाे जिम्मेवारीमा छन् ।
”थुप्रै याेग्य कमरेडहरु मध्य पार्टीले म मार्फत नेकपा एमालेले यस क्षेत्रमा आफ्ना भिजन सहितको एजेन्डा लिएर अघिसरेकाे छ म पार्टीको निर्देशन र जनताकाे विकास र सम्वृद्धिकाे चाहनालाई आत्मासाथ गर्दै मेरा बल र विवेकले भ्याए सम्म जनताको पक्षमा काम गर्नेछु” प्रकाश भन्छन् ।
उनी भन्छन् ” मैले देश र जनतालाई धाेका दिने काम अहिलेसम्म गरेकाे छैन र कहिल्यै गर्ने पनि छैन ।” ” म गरिव जनताकाे जिवनस्तर उक्सनुपर्दछ भन्ने मान्यताका साथ राजनीतिमा हाेमिएकाे पात्र भएकाे हुनाले आगामी दिनमा पनि मैले यस क्षेत्रका सम्पूर्ण जनसमुदायको हितका लागि काम गर्नेमा वचनवद्धता जाहेर गर्दछु ।
प्रकाश खनाल “शैलेश” द्वन्द्वकालमा समेत ईमानदार नेताकाे रुपमा परिचित एक सामान्य परिवारका रत्ननगरकाे पिठुवाका बासिन्दा हुन् । उनले युद्धकालमा आफू र आफ्नाे टिमले गजुरीकाे जेल ताेडेकाे विषयलाई लिएर ” जेलव्रेक ” नामकाे पुस्तक समेत लेखेका छन् ।
https://ujyaalonepalnews.com/archives/24632


