रत्ननगरमा रहेको जुस उद्योगमा भीषण आगलागी

२८ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको घटनास्थलमा रहेका पत्रकार सञ्जय चौधरीले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागी भएको स्थानको अवलोकन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे

यसैबीच नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उत्पादन गर्ने उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि विहानै घटना स्थलमा पुगेका थिए ।

नेता पाण्डेले उद्योगका सञ्चालक व्यवसायी भेषराज दुवाडीलाई भेटेर क्षतिको विवरण तथा आगलागी हुनुको कारणबारे बुझेका थिए । उनले सञ्चालक दुवाडीलाई विचल्लन नहुँन र धैर्यता अपनाउन समेत आग्रह गरेको पाण्डेका निजी सचिव संजिव पाण्डेले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/24625

Previous articleबलराम खनाल भन्छन् जनताको सेवक हुँ, सधैं जनतासंगै छु
Next articleमैले देश र जनतालाई धाेका दिने काम अहिलेसम्म गरेकाे छैन र कहिल्यै गर्ने पनि छैन – शैलेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।