शताब्दी पुरुष जोशीको निधन

काठमाडौँ, असोज ३० । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको पारिपवारिक स्रोतलाई उद्धृत गर्दै लेखक गिरिस गिरीले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।

साहित्यकार नरेन्द्रराज प्रसाईँले पनि अस्पतालमै रहेका सत्यमोहन पुत्रले पिताको निधनबारे जानकारी गराएको देश सञ्चारसँग बताए । जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।

https://ujyaalonepalnews.com/archives/24646

Previous articleरत्ननगरमा नि:शुल्क दन्त परिक्षण शिविर हुँदै
Next articleगायक राजु परियारलाई पितृ शोक, बुबा मंगलसिंहको ७२ वर्षको उमेरमा निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।