साउदी बाट नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासको सूचना ।

उज्यालो नेपाल, असार २५- नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासले सुचना जारी गरेको छ! यस अघि दुताबासले समस्यामा परेर स्वदेश फर्कन चाहने नेपालीहरुलाई अनलाईन मार्फत फारम भर्न अनुरोध गरेको थियो! Exit तथा Re-entry visa लागी जुलाई ८,२०२० सम्म राजदूतावासमा अनलाइनबाट आवेदन गरेका आवेदकहरुको सूचि पनि दुताबासले सार्बजनिक गरेको छ! सबैको जानकारीको लागी यो सुचनालाई सक्दो शेयर गरिदिनुहोला ! यस्तो छ दुताबासको सूचना 

नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासको सूचना ।

नेपाली राजदूतावासमा प्राप्त भएका Exit तथा Re-entry visa लागेका र कम्पनी बन्द भइ स्वदेश फिर्ताका लागि आवेदन दिनुभएका नेपालीहरु मध्ये प्राथमिकताका आधारमा केही स्वदेश फर्किसक्नु भएको छ । आगामि दिनमा हुने उडानहरुबाट स्वदेश फर्कने पर्खाइमा रहनुभएका Exit तथा Re-entry visa लागी जुलाई ८,२०२० सम्म राजदूतावासमा अनलाइनबाट आवेदन गरेका आवेदकहरुको सूचि यसैसाथ प्रकाशित गरिएको छ ।

रियाद र दम्मामबाट आउदा दिनहरुमा हुने उडानहरुको जानकारी (Flight Schedule) सम्बन्धित निकायबाट प्राप्त भएपछि नेपाली राजदूतावासले सार्वजनिक गरी सबैलाई जानकारी गराइने हुंदा उडानको मितिको प्रतिक्षा गर्नुहुन अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद ।, २०७७।३।२५

रियाद बाट उडान हुने १८८७ जनाको नाम हेर्न यँहा क्लिक गर्नुहोला !

दम्माम बाट उडान हुने ७८१ जनाको नाम हेर्न यँहा क्लिक गर्नुहोला !

रत्ननगरका सामुदायिक विद्यालयमा पढाउने ५२ जना शिक्षकको आन्तरिक सरुवा

Previous articleघर जाने दिन कुरेर बसेका नेपालीलाई दुखको खबर: जुलाई १२ पछी चार्टर्ड उडान नहुने
Next articleपढ्नै नसकिने कमेन्ट आएपछी डि’प्रेस’नमा दिपाश्री निरौला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।