लालपूर्जा नदिए भोट दिन्नौ भन्नु आफैलाई धोका हो : खनाल

रत्ननगर । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले लालपूर्जा नदिए भोट दिन्नौं भन्ने न्यायोचित नहुने बताएका छन् ।

सत्ता गठबन्धनले सोमबार रत्ननगरमा आयोजना गरेको सुकुमबासीहरुसंगको अन्तक्रिया कार्यक्रममा उनले मताधिकार प्रयोग गर्दिन भन्नु आफैलाई धोका दिनु हो भने । कार्यक्रममा सहभागी सुकुबासी समुदायका अगुवाहरुले लालपूर्जा वितरण गर्ने भरपर्दो आधार नभइ भोट नदिने अडान लिएपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका खनालले आक्रोसित नहुन आग्रह गर्दै सक्षम व्यक्तिको पक्षमा मतदान गर्न आग्रह गरे ।

खनालले मंसिर ११ गतेबाट सुकुमबासीलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने बताए । पूर्वी चितवनका तीन वटा पालिकाका अधिकाँस सुकुमबासीहरुलाई निस्सा वितरणको काम सकिएको भन्दै उनले निर्वाचन आचारसंहिताको सकिए लगतै लालपूर्जा वितरणको काम सुरु हुने बताए । निस्सा भरपर्दो आधार हो उनले भने तपाईहरुलाई लालपूर्जाको वितरण गर्ने जिम्मेवारी म लिन्छु ।

https://ujyaalonepalnews.com/archives/24941

Previous articleसञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र अब नागरिक एपमा
Next articleरवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।