सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र अब नागरिक एपमा

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अव नागरिक एपमा पनि हेर्न सकिने भएको छ । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरुले आफनो परिचयपत्र हराएमा वा छुटेमा देखाउनु पर्ने स्थानमा नागरिक एपबाट देखाउन सक्नेछन् ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्धारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ ।

पत्रकार परिचयपत्र हेर्नका लागि नागरिक एप डाउनलोड गर्नु पर्नेछ । नागरिक एपलाई अपडेट गर्नु पर्नेछ । अपडेट गर्दा एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जन अपडेट हुनेछ । नागरिक एपमा पत्रकार पास भन्ने आइकनमा क्लिक गर्नु पर्नेछ । पत्रकार परिचयपत्र नम्बर राख्नु पर्नेछ । जन्ममिति मागेमा त्यो पनि राख्नु पर्नेछ ।

सूचना तथा प्रसारण बिभाग वा सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश मध्ये कहाँबाट परिचयपत्र लिएको हो सोही कार्यालय छनौट गरी पेश गरेपछि परिचय पत्र देखिनेछ । परिचयपत्र डाउनलोडन गरेपछि नेपाली र अंग्रेजी दुवै पट्टीको परिचय पत्र हेर्न मिल्छ । यसअघि नागरिक एपमा सुचना विभागबाट जारी पत्रकार परिचयपत्र मात्र उपलब्ध थियो ।

https://ujyaalonepalnews.com/archives/24936

Previous articleआँखै अगाडी आक्रमण गर्दा पनि प्रहरीले केहि गरेन, राज्यनै मेरो विरुद्ध लाग्योः रवि लामिछाने
Next articleलालपूर्जा नदिए भोट दिन्नौ भन्नु आफैलाई धोका हो : खनाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।