घुस लिएको अभियोगमा कार्यालय सहयोगी विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोयरालाका अनुसार अभद्र व्यवहार मुद्दा पेशीमा राखिदिने भन्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले रु चार हजार घुस माग गरेको आरोप लागेको छ।

यस्तै जिल्ला आयोगले कपिलवस्तु शिवराज नगरपालिका ११ स्थित नवप्रगतिशित बहुउद्देश्यिय कृषक समूहका नामा दुर्गाप्रसाद खनालले बाख्रापालन कार्यक्रमका लागि लिइएको सरकारी अनुदान दुरुपयोग गरिएको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार समूहका अध्यक्ष खनाल, सचिव उमेश चौधरी र पशु चिकित्सक डारुपनारायण श्रेष्ठ र पशु विकास अधिकृत डा सोहन गुप्ता र सुरेन्द्रप्रसाद भुज तथा इन्जिनियर विवेककुमार गुप्ताले एकआपसमा मिलेमतो गरी रु छ लाख बराबरको हिनामिना गरेको आयोगको आरोपपत्रमा उल्लेख छ। रासस

कुरा लुकाएर, ढाँट-छल गरेर कति दिन चल्छ ? राजनीति गरिन्छ जुवा खेलिन्न : उपप्रधानमन्त्री पोखरेल

Previous articleपढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन
Next articleभारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।