सिरहा- जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानले ओभरलोड बोकेको भन्दै ५० वटा टिपरलाई कारबाही गर्ने निर्देशन दिएको छ । प्रहरीले हिजो मात्रै ५३ वटा टिपरलाई कारबाही गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहा मिर्चैया र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मिर्चैयामा चेकजाँच गरेको छ । धेरैजसो टिप्परले डाला थपेर स्वरूप परिर्वतन गर्दै निर्माण सामग्री बोक्ने गरेका छन् ।
चेकजाँच गर्दा ओभरलोड बोकेको टिपरलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरिले जानकारी दिनुभयो ।
टिपरले ओभर लोड बोक्ने आम गुनासोका आधारमा प्रहरीले सक्रियता देखाएको हो । कटारिमा रहेको चुन ढुङ्गा, खानी बाट सोर्या सिमेन्ट र मारुती सिमेन्टका लागि आवश्यक ढुङ्गा बोक्ने टिपरले विशेष गरी ओभर लोड बोक्ने गरेको स्थानीयको गुनासो रहेको थियो ।
https://ujyaalonepalnews.com/archives/31914


