एकिकृत समाजवादीका कृष्ण खनाल दोश्रो पटक सांसद निर्वाचित

चितवन, मंसिर ८ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १ (ख) मा नेएकिकृत समाजवादीका कृष्ण खनाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका उमेदवार किरण प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले पराजित गरेका हुन् । कृष्ण खनालले १५ हजार ५ सय ७ मत प्राप्त गर्दा प्रकाश खनाल (शैलेस) ले १४ हजार ७ सय ६८ मत प्राप्त गरे ।

https://ujyaalonepalnews.com/archives/25082

Previous articleचितवन-१ मा ७,५८१ भारी मतले स्वतन्त्र पार्टीका हरि ढकाल बिजयी
Next articleकाभ्रे २ बाट एमाले नेता गोकुल बास्कोटा निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।