चितवन, मंसिर ८ । चितवन, क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाले ३४ हजार १ सय ८९ मतले बिजयी भएका छन् । ९५ हजार ४१ मत गणना भएकाेमा ९१ हजार ४ सय २० मत सदर र ३ हजार ६ सय १२ मत बदर भएको छ । ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर बिजयी भएका हुन् ।
नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९ सय ९०, राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।
चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन । काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।
https://ujyaalonepalnews.com/archives/25079


