रविको नागरिकता छानबिन गर्न उजुरी दिने सफललाई ज्यानमार्ने धम्की,सुरक्षाको माग गर्दै गृहमन्त्रालयमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफू ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै आफूमाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस गरेका हुन् ।

जिउ ज्यानको सुरक्षा माग गर्दै मन्त्रालयमा बुझाइएको निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषतः रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ ।

आवश्यक कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतीका कारण समस्या भएकोले सो मुद्दा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेस गरेको छु ।’ नेपाली नागरिकको हैसियतमा कानुनसम्मत कुरा उठाउँदा जिउ ज्यान नै जोखिममा पार्न पर्दा आफूले निकै दुख महसुस गरेको सफलको भनाई छ ।

‘मेरो जिउ ज्यानमा केही भएको खण्डमा त्यसको जिम्मेवारी रवि लामिछाने ,उनका समर्थक र शुभचिन्तकले नै लिन पर्ने कुरा पनि यसै निवेदन मार्फत जानकारी गराउन चाहन्छु,’ उनले निवेदनमा भनेका छन्, ‘नेपाल सरकारका निकायले अनुसन्धान गरी रहेको विषयमा एउटा व्यक्तिलाई मुख्य टार्गेट गरी कानुन हातमा लिन खोज्नु नेपालको संविधान विरोधी गतिविधि हो भन्ने कुरामा म विश्वस्त छु ।’

https://ujyaalonepalnews.com/archives/25218

Previous articleसन्दीप लामिछाने प्रकरण- पीडित किशोरीले अदालतमा दिइन् यस्तो बकपत्र
Next articleथाइराइड र डाइबिटिलाई जरै देखि निर्मुल पार्न कुनकुन फल खाने ? नछुटाई पढ्नुहोला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।