काठमाडौं। सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार सम्बन्ध मुद्दामा जाहेरीकर्ता किशोरीले आफूमाथि ‘जबरजस्ती करणी भरेको’ बयान दिएकी छिन्। पीडित किशोरीलाई सन्दीपको तर्फबाट प्रभावमा पारेर बयान फेराउने चालबाजी भएको आशंका भइरहँदा जाहेरीमै उल्लेख भएकै कुरा अदालतमा बकपत्र गरिएको हो।
उनले केही दिनअघि अदालतमा दिएको बकपत्रमा प्रहरी र सरकारी वकिललाई दिएको बयानकै कुरा उल्लेख रहेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले बताए। माइती नेपालको संरक्षणमा रहेकी ती किशोरीले जाहेरीमा भएभन्दा कडा किसिमबाट सन्दीपविरुद्ध बयान दिएको ती अधिकारीले बताए । तिलगंगास्थित एक होलटमा लगेर रात बस्न बाध्य पारेको र राति लट्ठ्याएर दुई पटक बलात्कार गरेको उनले बकपत्रमा भनेकी छिन्।

सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको र सन्दीपलेनै भेट्ने प्रस्ताव राखेर बोलाएको उनले बताएकी छिन्। किशोरीले अदालतमा बयान फेर्न सक्ने आशा सन्दीप पक्षधर वकिलहरूलाई भए पनि बयान नफेरिएपछि निराश बनेका छन्। यससँगै पीडित किशोरी ‘होस्टायल’ बन्न सक्ने संभावन समाप्त भएको छ। जाहेरीमा उल्लेख भएभन्दा फरक बकपत्र गर्नुलाई ‘होस्टायल’ भनिन्छ।
किशोरीले अदालतमा बयान फेर्न सक्ने आशा सन्दीप पक्षधर वकिलहरूलाई भए पनि बयान नफेरिएपछि निराश बनेका छन्। यससँगै पीडित किशोरी ‘होस्टायल’ बन्न सक्ने संभावन समाप्त भएको छ। यसअघि ‘स्टारडम’को आडमा नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई गत भदौमा मात्रै दुई वर्ष कैद सजाय भएको छ। पीडितले अदालतमा बयान फेरेपछि बलात्कारको कसूरमा उनले सफाइ पाएका छन्। तर बाल यौन दुरुपयोगमा उनी दोषी ठहर भएका हुन्।
सन्दीप लामिछानेको मुद्धामा पनि उसैगरी किशोरीले बयान फेर्नसक्ने भन्दै कतिपय अघिकारकर्मीहरुले चिन्ता जनाएका थिए। माइती नेपालमा रहेकी ती किशोरी त्यहाँबाट निस्किन चाहे पनि नदिइएको कतिपयले आरोप लगाएका छन्। किशोरीलाई कसैसँग भेट्न र बाहिर निस्किन नदिइएको सन्दीप पक्षका वकिलहरूले बताउँदैआएका थिए। राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध गत २१ भदौमा उजुरी परेको थियो। काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन्।
लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए। त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको पीडितको आरोप छ। पछि सन्दीप असोजमा नेपाल आएपछि पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।
https://ujyaalonepalnews.com/archives/25215


