विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर, भन्छन्– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आफ्नो कार्यालयमा जागिरको अफर गरेका छन्। व्यवस्थापन क्षेत्रमा दक्षता भएका नेपालीलाई रविले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि अफर गरेका हुन्।

आफूसँग काम गर्न चाहने त्यस्तो दक्षता भएको व्यक्ति नेपाल फर्किन चाहेमा रिसिभ गर्न आफैं एयरपोर्ट आउने पनि रविले उल्लेख गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै रविले विदेशमा रहेका, व्यवस्थापनमा दखल राख्ने र स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको आफूलाई खाँचो रहेको बताएका छन्।

“यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर बिकास, सुसासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त? सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयर्पोर्ट आउँछु।’

https://ujyaalonepalnews.com/archives/25489

Previous articleट्वाईलेट गएकी श्रीमतीलाई अर्कैले अँगालो हालेको देखेपछी …
Next articleतराईमा बाक्लो हुस्सुसहित शीतलहर, चिसोका कारण सर्लाहीमा ३ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।