पूर्वमेयरको निधनमा भोलि धरानमा शोक बिदा

धरान / पूर्वमेयरको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार (भोलि) शोक बिदा दिने निर्णय गरेको छ । क्यान्सरको उपचाररत पुर्वमेयर ध्यानबहादुर राईकाे आज सोमबार दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिइएको जानकारी गराए । राई २०४६ सालपछि भएको निर्वाचनमा धरानमा निर्वाचित मेयर थिए ।

The post पूर्वमेयरको निधनमा भोलि धरानमा शोक बिदा appeared first on Purbeli News.

बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

Previous articleलागुऔषध र हतियारसहित मोरङबाट पाँच पक्राउ
Next articleट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।