समीक्षाको प्रश्न– मलाई गाली गर्ने अधिकार तिमीहरूलाई कसले दियो ?

काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूमाथि हुने नाकारात्मक आलोचनाको खरो आलोचना गर्दै आएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै हुने गरेका आलोचना गर्ने अधिकारी कसैलाई नरहेको पनि उनले बताउँने गरेकी छन् । आत्मसम्मानमा चोट पुग्नेगरी सामाजिक सञ्जालमा कमेन्ट गरे कानुनी उपचारको खोजी गर्ने उनले चेतावनी दिने गरेकी छन् । साइबर क्राइम अन्तर्गतको कानुनी उपचार खोज्ने उनले बताएकी बताएकी छन् ।

अरुका कमजोरी नदेख्नेहरूले आफ्ना कमजोरी पहिल्याउने गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् । “मान्छे हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन,” समीक्षा सामाजिक सञ्जालमा लेख्छिन्, “नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।”

कानुनी उपचार खोज्ने उनको चेतावनीसहितको पोष्टमा समेत गाली गरेपछि समीक्षाले फेरि असन्तुष्टि जनाउँदै आफू नबोलेकै कारण आफू हेपिएको बताएकी छन् । “उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यमस्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ,” मान्छे तीन किसिमको हुने गरेको भन्दै उनी अगाडि लेख्छिन्, “यी रुख होइनन्, फल र फूल पनि होइनन् । पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने ।”

उमेरका कारण धेरै कुरा नबुझ्ने नाबालिकालाई बाटो देखाउने काम समाज र अभिभावकको भएको भन्दै त्यसलाई भुलेर उल्टै कुरा काट्ने गरेको भन्दै उनले असन्तुष्टि पोखेकी छन् । “सानो उमेरमा छोरी मान्छे बहकिन्छन् । राम्रो/नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्तो कानुनमा जेलिएको छ भन्ने उनीहरूलाइ थाहा हुँदैन ।

सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ,” समीक्षा अगाडि लेख्छिन्, “म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस्, म एक्लै कोठामा गाउँछु । एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ । कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?”

https://ujyaalonepalnews.com/archives/25812

Previous article‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने
Next articleखाना नपकाएको निहुँमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।