खाना नपकाएको निहुँमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु

0
90

झापा : खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका घर भई हाल झापा अर्जुनधारा नगरपालिका-९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमीला भुजेल घिसिङलाई कुटपिट गरेका थिए ।

मादक पदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमीलाको पेट र छातिमा निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । घरमा उपचारका लागि विश्वराजकी आमा आएकी थिइन्।

मंगलबार साँझ आमाका लागि मासु किनेर घर जाँदा बिहानेदेखिको भाँडा नमाझेको र बेलुकाको खाना पनि नपकाएको निहुँमा विश्वराजले श्रीमतीमाथि कुटपिट गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यता घटना भएलगतै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले विश्वराजलाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि बिर्तामोडमा राखिएको छ । विश्वराजको जेठी श्रीमतीबाट दुई छोराछोरी छन् भने मृतक प्रमीलाको पनि पहिलाको श्रीमानबाट एक छोरा र एक छोरी र अहिलेको श्रीमान‍्बाट आठ वर्षीय छोरी रहेको प्रहरीले जनाएको छ।

https://www.ujyaalonepalnews.com/archives/25815

Previous articleभिरबाट बस खस्दा एकै गाउँका ६ महिलाको मृत्यु
Next articleटिकटक लाईभमा जुवा खेलाउने ४ जना पक्राउ