खैरहनी महोत्सव उद्घाटन समारोहमा आफुहरुलाई अपमान गरिएको एकिकृत समाजवादीको गुनासो

चितवन- चितवनको खैरहनीमा बुधबारबाट सुरु भएको बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको उद्घाटन समारोहमा आफ्नो पार्टीलाई अपमान गरिएको एकिकृत समाजवादी खैरहनीले गुनासो गरेको छ।

उद्घाटन समारोहमा आतिथ्यताको लागी निमन्त्रणा गरेर आफुहरुको नाम समेत नलिगेपछी आफुहरुले अपमानित महसुस गरेको ए. समाजवादी खैरहानी नगर अध्यक्ष तथा चितवन जिल्ला कमिटी सचिवालय सदस्य दुर्गादत्त अर्यालले बताए ।

आतिथ्यता ग्रहणको लागी अर्याललाई पठाईएको पत्र
आतिथ्यता ग्रहणको लागी अर्याललाई पठाईएको पत्र

सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै अर्यालले आफ्नो पार्टी आकारमा सानो भएपनि विचारमा सानो नभएको भन्दै ठुला दलमा आवद्ध भएकाहरुले दम्भ नदेखाउन आग्रह गरेका छन् ।

महोत्सवको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उदघाटन गरेका छन् । महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आउने कार्यक्रम भएपनि अन्तिम समयमा रद्द भएको थियो ।

https://ujyaalonepalnews.com/archives/25967

Previous articleखैरहनी महोत्सवको तयारी पुरा, भोली उद्घाटन
Next articleखैरहनी महोत्सवको उद्घाटन: मुख्यमन्त्रीले भने लगानीको मोडल परिवर्तन गरौं ( फोटोफिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।