चितवन नवलपुर क्षेत्रमा भि’षण आं’धी: कयौ घरका छाना उडे, ३ जनाको मृ’त्यु करोडौको क्ष’ती

चितवन नवलपुर क्षेत्रमा भि’षण आं’धी: कयौ घरका छाना उडे, ३ जनाको मृ’त्यु करोडौको क्ष’ती

उज्यालो नेपाल, जेठ १२- हिजो आईतबार साँझ आएको भि’षण हावाहुरीले चितवन र नवलपुर क्षेत्रमा व्या’पक क्ष’ति पुर्याएको छ! घट’नामा परि ३ जनाको ज्या’न गएको छ भने अन्य कयौ घा’ईते भएका छन् ! विभिन्न ठाउँमा घर टहराछाना उदाएको छ भने बाली नाली पनि न’ष्ट बनाएको छ ! हावाहुरीले ढा’लेकाे रूखले लाग्दा भरतपुरमा १ जनाको ज्या’न गएको छ भने अन्य ४ जना घा’इते भएका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेकाे छ ।

सडकमा काम गर्न मजदुरहरु ट्याक्टर चढेर देवघाट तर्फ बाट मुख्य राजमार्गतिर निस्कँदै थिए । त्यहीबेला वे’गले चलेकाे हु’रीले रूख ढा’ल्दा ट्याक्टर समेतलाई चे’पेकाे घट’नास्थलमै पुगेका सामाजिक अभियन्ता विमल सापकोटाले जानकारी दिए । “हामी राह’त बाँडेर देवघाटबाट आउँदै थियौं”, उनले भने,”हाम्राे अगाडि रहेकाे ट्याक्टरलाई रूखले च्या’प्याे ।” स्थानीयसँग मिलेर उ’द्धार गरी अस्पताल पठाएकाे उनले बताए । हुरीले त्यस क्षेत्रमा दर्जनाैं रूख ढा’लेकाे उनले बताए ।

जिल्ला प्रहरी चितवनले दिएको जानकारीअनुसार पानी परिरहेको अवस्थामा ना३त ३४२३ नं को ट्याक्टरमा ओत लागेर बसिरहेको समयमा ट्याक्टरमाथि नै रूख ढ’ल्दा भरतपुर १२ का २९ वर्षिय रामबहादुर विश्वकर्माको मृ’त्यु भएको हो। गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा साँझ करिब ७ः१५ बजेको समयमा मृ’त्यु भएको प्रहरीले जनाएको छ।

अन्य चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख प्रहरी निरीक्षक नान्तीराज गुरूङले जानकारी दिए। घा’इते हुनेहरूमा वर्ष ३४ का सुरेश विश्वकर्मा, वर्ष ३६ का दीपक कुमाल, वर्ष ३१ का प्रदीप शर्मा र ट्याक्टर चालक वर्ष २६ का शम्भु खड्का रहेका छन्। उनीहरू सबै भरतपुर १२ का हुन्। घा’इते चारैजनाको अवस्था मध्यम रहेको प्रहरी उपरीक्षक गुरूङले जानकारी दिए। रूख ढ’लेपछि अवरूद्ध भएको बाटो साँझ करिब ६ः४० बजेदेखि सुचारु भएको उनले बताए।

त्यसैगरी हा’वाहु’रीले गैंडाकोटमा दुई जनाको ज्या’न गएको छ । गैंडाकोट–६ स्थित गोठ भ’त्किँदा घा’इते भएका ३५ वर्षीय काशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको उपचारका क्रममा भरतपुरमा नि’धन भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । ठूलो हा’वाहु’री आउँदा उनीहरू सुरक्षित रहन गोठमा बसेका थिए । गोठ पूर्णरूपमा क्षति भएको छ ।

त्यस्तै हावाहुरीले गैंडाकोट–५ स्थित सहमति नेपालको भवनको छानो उ’डाएको छ । हावाहुरीबाट गैंडाकोटका विभिन्न स्थानमा थुप्रै रूखहरू ढ’लेका छन् । आँगनको रुख ढ’लेर वडा नम्बर २ स्थित शम्भु गिरीको घरमा क्ष’ति पुगेको छ । ब्रिटिस क्याम्प नजिकै सालका रूखहरू ढ’ल्दा स्थानीय वीरबहादुर पुनमगरको घरमा ठूलो क्ष’ति पुगेको छ । स्थानीय गीता गुरुङ घाइ’ते भएकी छन् । हावाहुरीले गैंडाकोटका विभिन्न स्थानमा लगाइएको तरकारी खेती र बालीनालीलाई पनि क्ष’ति पुगेको छ ।

 

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग

Previous articleखुशीको खबर: कोरोना परिक्षण गर्ने किट नेपालमै बन्यो, परिक्षण गरिदै, सफल भए देशको करोडौ रकम जोगिने
Next articleआज एकैदिनमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।