पोखरामा आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन खोज्दा जलेकी महिलाको मृत्यु

पोखरा महानगरपालिका–१३ काँहुखोलामा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन जाँदा जल्न पुगेकी महिलाको सोमबार बिहान मृत्यु भएको छ। घाइते पुरुषको भने उपचार भईरहेको छ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुवास तिमिल्सेनाका अनुसार आगलागीमा परेर जलेकी काँहुखोलाकी ४० वर्षिया संगीता सापकोटाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार बिहान मृत्यु भएको हो।

सापकोटाकै घरमा स्टेशनरी पसल संचालन गर्दै आएका ४३ वर्षिय कृष्ण क्षेत्रीले आफैले शरिरमा पेट्रोल हालेर आगजनी गरेका थिए। उनै क्षेत्रीलाई उद्धार गर्न जाँदा सापकोटा समेत जल्न पुगेकी थिइन। घाइते अवस्थाका क्षेत्रीको अहिले अस्पतालमा उपचार भईरहेको तिमिल्सेनाले बताए। उपचाररत पुरुषको भने स्वास्थ्यमा सुधार भईरहेको प्रहरीले बताएको छ।

क्षेत्रीले बाथरुमभित्र छिरेर शरिरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। क्षेत्री आगोले जल्दै गरेको देखेपछि निभाउन पुगेकी सापकोटा झनै बढी जलेकि थिईन। सापकोटाको घरको सटर भाडामा लिएर क्षेत्रीले स्टेशनरी पसल संचालन गर्दै आएका थिए।

https://ujyaalonepalnews.com/archives/26154

Previous articleजंगली हात्तीको आक्रमणबाट चितवनमा तीन जना घाइते
Next articleअस्ट्रेलियाकाे स्याहार केन्द्रमा वृद्धालाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।