अस्ट्रेलियाकाे स्याहार केन्द्रमा वृद्धालाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ

वृद्धामाथि हातपात गरेको आरोपमा अस्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट वर्किङ भिसामा गएकी पाण्डेले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले जनाएको छ । पाण्डेले वृद्धालाई हातपात गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

पाण्डेले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सिया नामकी पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएको खबरमा उल्लेख छ ।

पक्राउ परेकी पाण्डेलाई आउँदाे मार्चमा सजाय सुनाइने छ । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

https://ujyaalonepalnews.com/archives/26157

Previous articleपोखरामा आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन खोज्दा जलेकी महिलाको मृत्यु
Next articleरक्सी खाएर प्रहरीको हात भाँचिदिने व्यवसायी चार हजार जरिवाना तिरेर छुटे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।