क्षेत्रिय होटल संघ चितवन सौराहाको अधिवेशन; अध्यक्षमा गंगा गिरी

सौराहा, १५ फागुन । क्षेत्रिय होटल संघ चितवन सौराहाको अध्यक्षमा गंगा गिरी सर्वसम्मत चयन भएका छन । संघको १८ औं साधारण सभा तथा नवौं अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनि अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।

नया निर्वाचित समितिको उपाध्यक्षमा ओम प्रकाश पाण्डे, योगेन्द्रनाथ अधिकारी, महासचिवमा गुणराज थपलिया, सचिवमा महेश खनाल, कोषाध्यक्षमा शिवराज दुवाडी, सह कोषाध्यक्ष वविता चौधरी चयन भएका छन ।

समितिको सदस्यहरुमा संगम घिमिरे, रन्जन भण्डारी, बलराम अधिकारी, ध्रुवराज वाग्ले, सन्तोष गिरी, दिपक अधिकारी, गणेश दाहाल, हरी श्रेष्ठ, रामकुमार अर्याल, सौगात रिजाल, गणेश शर्मा पौडेल चयन भएका छन भने ऋषिराम तिवारी, शिव भुषालमनोनित भएका छन। नव निर्वाचित कार्यसमितिले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन ।

https://ujyaalonepalnews.com/archives/26623

Previous article‘पावर बैंक’ भन्दै प्लास्टिकका डब्बामा माटो भरेर बेच्ने पक्राउ
Next articleबृद्धभत्ता लुट्न ८४ वर्षिय वृद्धको कुटिकुटी हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।