‘पावर बैंक’ भन्दै प्लास्टिकका डब्बामा माटो भरेर बेच्ने पक्राउ

बुटवल — चिठ्ठामा पावर बैंक परेको भनेर प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतीय नागरिक रुपन्देहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट हुन् ।

उनीहरुले सैनामैना नगरपालिका १० सालझण्डीको झिमझीमेमा ५० को चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने भनी कुपन बिक्री गरी पावर बैंक परेपछि एक हजार दुई सय रुपैयाँ लिएर तीन हजार दुइ सय रुपैयाँ पर्ने पावर बैंक भनेर प्लाष्टिकको खोल बेचेका थिए ।

४/५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनेर किनेको पावर बैंकको खोलभित्र गिलो माटो भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खबर गरेका थिए ।

उनीहरुबाट यूपी ५५ एफ १५१९ नम्बरको स्पेन्डर मोटरसाइकल, ३ हजार ४ सय २० नगदसहित स्क्र्याच कुपन ७९, माटो भरेको पावर बैंक ६ र डाटा केबल ६ वटा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

Atmanirbhar Laghubitta IPO Result

https://ujyaalonepalnews.com/archives/26615

Previous articleसरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता
Next articleक्षेत्रिय होटल संघ चितवन सौराहाको अधिवेशन; अध्यक्षमा गंगा गिरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।