सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

२८ फागुन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

उनका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । घाइतेहरुर्ला उद्धार गरेर उपचारका लागि अस्पताल पठाउने काम जारी छ ।

https://ujyaalonepalnews.com/archives/26827

Previous articleकालिकामा अन्तर आमासमुह हाजिरीजवाफ प्रतियोगिता
Next articleशहीद स्मृतिमा स्वावियु निर्वाचन : चार विद्यार्थी संगठनको अखिल संयुक्त प्यानल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।